नियम १२
इजाजतपत्र लिनु पर्ने
(१) कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न बा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन।
(२) अनुसूची-९ बमोजिमका स्वास्थ्य संस्थाको लागि सोही अनुसूची बमोजिमका निकायबाट . इजाजतपत्र लिनु पर्नेछ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत इजाजतपत्र नलिई सञ्चालनमा रहेका निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम इजाजतपत्र लिन चाहने स्वास्थ्य संस्थाले अनुसूची-१० बमोजिमको ढाँचामा उपनियम (२) बमोजिमको निकायमा निबेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन परेमा इजाजतपत्र दिने निकायले निवेदन दिने स्वास्थ्य संस्थाले अनुसूची-८ मा उल्लेख भए बमोजिमको मापदण्ड पूरा गरे नगरेको जाँचबुझ गरी वा गराई मापदण्ड पूरा गरेको पाइएमा अनुसूची-११ मा उल्लेख भए बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ। ६) उपनियम (५) बमोजिम इजाजतपत्र दिँदा सम्बन्धित निकायले स्वास्थ्य संस्था तथा सेवा सञ्चालन सम्बन्धमा आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ।
(७) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत कुनै निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले नियम ९ बमोजिमको मापदण्ड वा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड पूरा गर्न समय माग गरेमा इजाजतपत्र दिने निकायले त्यस्तो स्वास्थ्य संस्थालाई औचित्य हेरी बढीमा छ महिनाको समयावधि थप गर्न सक्नेछ। सो अवधिभित्र इजाजतपत्र नलिने स्वास्थ्य संस्थाको अनुमति स्वतः खारेज हुनेछ। यसरी खारेज भएपछि त्यस्तो स्वास्थ्य संस्थाको सम्पत्ति तथा दायित्व प्रचलित कानून बमोजिम हुनेछ।
(८५) इजाजतपत्र लिएको कुनै स्वास्थ्य संस्थाले सोभन्दा माथिल्लो तहको स्वास्थ्य संस्थाको मापदण्ड पूरा गरी सौ बमोजिमको स्वास्थ्य संस्थाको इजाजतपत्र लिन चाहेमा सोही तहको स्वास्थ्य संस्थाको इजाजतपत्र लिनु पर्नेछ।